मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कार्बन व्यापारका लागि साउथ पोलसँग सम्झौता, २६ लाख हेक्टर वन समेटिने

corporatenepal.com · Sun Nov 15 04:08:02 UTC 2026

काठमाडौं । नेपालको २६ लाख हेक्टरभन्दा बढी वन क्षेत्रलाई अन्तर्राष्ट्रिय कार्बन बजारसँग जोड्ने प्रक्रिया अघि बढेको छ। वन संरक्षणबाट कार्बन क्रेडिट उत्पादन गरी अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्ने उद्देश्यले नेपाल सरकारले जलवायु समाधानसम्बन्धी अन्तर्राष्ट्रिय कम्पनी साउथ पोलसँग सहकार्य गर्ने सम्झौता गरेको कृषि, वन तथा वातावरण मन्त्रालयले जनाएको छ ।

यस कार्यक्रमबाट वन संरक्षणलाई प्रभावकारी बनाउनुका साथै वनमा आश्रित स्थानीय समुदायको आम्दानी र रोजगारी बढाउने सरकारको लक्ष्य छ। टर्कीको अन्टाल्यामा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप–३१) का क्रममा नेपाल सरकार र साउथ पोलबीच उक्त सहमति भएको हो। कृषि, वन तथा वातावरण मन्त्रालयमार्फत सरकारले कम्पनीसँगको सहकार्यमा क्षेत्रगत रेड प्लस (जे–रेड प्लस) कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)