पहिलो तीन महिनामा टेलिकमको आम्दानी घट्यो, बाढीले असर पारेको दाबी
corporatenepal.com · Sun Nov 15 04:25:50 UTC 2026

काठमाडौं । रसुवाको भोटेकोशी र बुढीगण्डकी नदीमा आएको बाढीले नेपाल टेलिकमको व्यावसायिक कारोबारमा समेत असर पारेको छ। गत भदौ १० गते भोटेकोशी र असोज २५ गते बुढीगण्डकीमा आएको बाढीका कारण प्रभावित क्षेत्रमा दूरसञ्चार सेवा अवरुद्ध हुँदा कम्पनीको सेवा बिक्री र आम्दानी प्रभावित भएको हो।
नेपाल टेलिकमले शनिबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिक (साउन–असोज) को अपरिष्कृत वित्तीय विवरणमा प्राकृतिक विपत्तिका कारण सेवा सञ्चालन र व्यावसायिक गतिविधिमा अवरोध पुगेको उल्लेख गरेको छ। बाढी प्रभावित क्षेत्रका स्थानीयलाई राहतस्वरूप कम्पनीले तीन सातासम्म निःशुल्क डेटा तथा भ्वाइस सेवा उपलब्ध गराएको थियो। यसले पनि समीक्षा अवधिको आम्दानीमा प्रभाव पारेको कम्पनीको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)