काठमाडौं महानगरले ‘जलवायुका लागि बालबालिका’ भिडियो प्रतियोगिता आयोजना गर्दै
clickmandu.com · Sun Nov 15 04:25:36 UTC 2026

काठमाडौं । काठमाडौं महानगरपालिकाले ‘काठमाडौं जलवायु कार्य सप्ताह २०८३’ अन्तर्गत विद्यालय उमेरका बालबालिकाहरूका लागि ‘जलवायुका लागि बालबालिका’ शीर्षकमा १ मिनेटसम्मको भिडियो प्रतियोगिता आयोजना गर्ने भएको छ ।
जलवायु परिवर्तनले पारिरहेको विश्वव्यापी असर घटाउन समुदायस्तरमा गर्न सकिने प्रयासहरूको प्रवर्द्धन तथा क्षति न्यूनीकरणका लागि व्यक्ति र समुदायको जिम्मेवारी बोध गराउने उद्देश्यले महानगरपालिकाले विभिन्न साझेदारहरूसँगको सहकार्यमा आगामी मङ्सिर ७ गतेदेखि १३ गतेसम्म हरेक दिन फरक-फरक कार्यक्रमसहित सप्ताहव्यापी अभियान सञ्चालन गर्न लागेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)