छठले देशमा सकारात्मक ऊर्जा र समृद्धिको प्रेरणा प्रदान गरोस् : प्रधानमन्त्री शाह
aarthiknews.com

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले छठ पर्वले प्रकृतिप्रतिको कृतज्ञता र जीवनका हरेक अवस्थालाई सम्मान गर्न सिकाउने बताएका छन् । छठ पर्वको अवसरमा सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना सन्देश दिँदै उनले उदाउँदो सूर्यलाई जस्तै अस्ताउँदो सूर्यलाई पनि उत्तिकै श्रद्धा र सम्मानका साथ अर्घ्य दिने परम्पराले जीवनको गहिरो दर्शन सिकाउने बताएका हुन् ।
उनले छठ पर्वले परिवारको सुख, शान्ति, आरोग्य र सन्तानको दीर्घायुको कामना गर्ने धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको उल्लेख गरेका छन् । चार दिनसम्म मनाइने छठ पर्वको पहिलो दिन नहाय–खाय, दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो सूर्य र चौथो दिन उदाउँदो सूर्यलाई जलाशयको किनारमा अर्घ्य दिने परम्परा रहेको उनले बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)