साहस ऊर्जाको नाफामा २१ प्रतिशतको वृद्धि, इपीएस कति ?
arthasansar.com · Sun Nov 15 04:47:38 UTC 2026

साहस ऊर्जा लिमिटेडको नाफामा सुधार देखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आको तुलनामा २१ प्रतिशतले नाफा बढेको हो ।
कम्पनीले चालु आर्थिक वर्षको असोज मसान्तसम्मको अवधिमा कुल ५९ करोड ९१ लाख ४७ हजार रुपैयाँ नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको भन्दा २१.०६ प्रतिशतले धेरै हो । गत वर्षको पहिलो त्रैमासिकसम्ममा कम्पनीले ४९ करोड ४८ लाख ९९ हजार रुपैयाँ नाफा कमाएको थियो । कम्पनीको नाफा बढ्नुमा विद्युत् बिक्री आम्दानीमा भएको वृद्धि र वित्तीय खर्च अर्थात् ऋणको ब्याज खर्चमा आएको कमी मुख्य कारण रहेका छन् । समीक्षा अवधिमा कम्पनीले विद्युत् बिक्रीबाट ९५ करोड ३८ लाख २३ हजार रुपैयाँ आम्दानी गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आम्दानी ९२ करोड ४६ लाख ३६ हजार रुपैयाँ थियो । यसअनुसार कम्पनीको विद्युत् बिक्री आम्दानी करिब ३.१५ प्रतिशतले बढेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)