मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

हिमालयन डिस्टिलरीको नाफामा १३८ प्रतिशतको उछाल, अन्य सूचकमा पनि चमक

arthasansar.com · Sun Nov 15 04:33:58 UTC 2026

हिमालयन डिस्टिलरीको नाफामा उछाल देखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफामा उछाल देखिएको हो ।

वित्तीय विवरणअनुसार कम्पनीले चालु आर्थिक वर्षको असोजसम्म २१ करोड ४९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको तुलनामा १३८.१८ प्रतिशतले बढी हो । गत आव २०८२/८३ को असोजसम्म कम्पनीले ९ करोड २ लाख रुपैयाँ नाफा कमाएको थियो गरेको थियो । समीक्षा अवधिसम्म कम्पनीले उत्पादन बिक्री गरेर १ अर्ब ७६ करोड २८ लाख रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीको आम्दानी १ अर्ब ७ करोड ५७ लाख रुपैयाँ थियो । अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको आम्दानी ६३.८७ प्रतिशतले बढेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)