मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

लगातार तेस्रो वर्ष पनि नेपालको क्रेडिट रेटिङ ‘बीबी माइनस’

clickmandu.com · Sun Nov 15 04:53:25 UTC 2026

काठमाडौं । अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी फिचले नेपालको दीर्घकालीन इस्युअर डिफल्ट रेटिङ ‘बीबी माइनस’ (बीबी-) मै कायम राख्दै आर्थिक परिदृश्यलाई ‘स्थिर’ (स्टेबल) घोषणा गरेको छ । गत बिहीबार सार्वजनिक गरिएको समीक्षामा फिचले नेपालको ‘कन्ट्री सिलिङ’ पनि ‘बीबी माइनस’ नै कायम गरेको छ । यसअघिको पहिलो र दोस्रो पटकको रेटिङमा पनि नेपाललाई बीबी माइनस नै ग्रेड दिइएको थियो ।

कम तथा सहुलियतपूर्ण सरकारी र बाह्य ऋण, बलियो विदेशी मुद्रा सञ्चिति र बहुपक्षीय दातृ निकायबाट सहज वित्तीय पहुँचले नेपालको रेटिङलाई टेवा पुर्‍याएको फिचले जनाएको छ । यद्यपि, अविकसित अर्थतन्त्र, प्राकृतिक प्रकोप र बाह्य झट्काप्रतिको उच्च जोखिम, न्यून प्रतिव्यक्ति आय तथा कमजोर सुशासन सूचकहरू अझै मुख्य चुनौतीका रूपमा रहेको फिचले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)