मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

बिक्री वृद्धि र खर्चमा कटौतीले चम्कियो हिमालयन डिष्टिलरी, नाफा १३८% ले बढ्यो

clickmandu.com · Sun Nov 15 04:59:43 UTC 2026

काठमाडौं । हिमालयन डिष्टिलरीले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीले यस अवधिमा २१ करोड ५० लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ९ करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । गत वर्षको तुलनामा कम्पनीको खुद नाफा १३८.१८ प्रतिशतले वृद्धि भएको हो । मुख्यतः बिक्री आम्दानीमा भएको उल्लेख्य सुधार र बिक्री तथा वितरण खर्चमा आएको कमीले नाफामा आकर्षक उछाल देखिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)