मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

तीन महिनामा बीमा प्राधिकरणबाट ९४ वटा उजुरी फर्छ्यौट

arthasansar.com · Sun Nov 15 04:54:19 UTC 2026

नेपाल बीमा प्राधिकरणले चालु आर्थिक वर्ष २०८३/८४ को प्रथम त्रैमास (साउन–असोज)सम्म ९४ वटा उजुरी फर्छ्यौट गरेको छ। बीमा प्राधिकरणले फैसला र सहमतिमार्फत ती उजुरी फर्छयौट गरेको हो। जसअनुसार फैसलामार्फत ७५ वटा र सहमतिमार्फत १९ वटा उजुरी फछ्र्यौट भएका छन्।

प्राधिकरणमा असोजसम्म ३९३ वटा उजुरी परेका छन्। जसमा गत आर्थिक वर्ष २०८२।८३ बाट सरिआएका ३१९ वटा उजुरी छन्। चालु आर्थिक वर्षको असोजसम्म भने केन्द्रीय कार्यालयमा ५४ वटा र प्रदेश कार्यालयमा २० वटा गरी ७४ वटा उजुरी परेका छन्। अझै २९९ वटा उजुरी फर्छ्यौट हुन बाँकी रहेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)