रिलायबल लाइफको नाफा ११ प्रतिशतले घट्याे, अन्य सूचक कस्ता ?
arthasansar.com · Sun Nov 15 05:05:30 UTC 2026

रिलायबल लाइफ इन्स्योरेन्सको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिक (साउन–असोज)सम्मको अवधिमा करिब २३ करोडको नाफा आर्जन गरेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले २२ करोड ९० लाख रुपैयाँ नाफा कमाएको हो ।
वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको असोजसम्म आर्जन गरेको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११.३९ प्रतिशतले कम हो । कम्पनीले गत आर्थिक वर्षको पहिलो तीन महिनासम्मको अवधिमा २५ करोड ८५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । समीक्षा अवधिसम्म कम्पनीको जीवन बीमा कोषमा १९ अर्ब ४० करोड ९५ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष यही अवधिसम्म जीवन बीमा कोषमा १४ अर्ब ३१ करोड २३ लाख रुपैयाँ थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको जीवन बीमा कोषको आकार ३५.३१ प्रतिशतले बढेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)