मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

चीन गयो रास्वपाको २० सदस्यीय प्रतिनिधिमण्डल [फोटोफिचर]

hamrakura.com · Sun Nov 15 00:00:00 UTC 2026

काठमाडौँ । सत्ताधारी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को २० सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डल चीन भ्रमणमा गएको छ। पार्टी महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा रहेको टोली आज चीन प्रस्थान गरेको हो।

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को निमन्त्रणामा चीन गएको प्रतिनिधिमण्डलको भ्रमण अवधि १०दिनको हुनेछ। भ्रमण टोलीमा महामन्त्री आचार्यसहित सहमहामन्त्री हरि ढकाल, संसदीय दलका उपनेता गणेश पराजुली, प्रमुख सचेतक कविन्द्र बुर्लाकोटी तथा सांसदहरू लिमा अधिकारी, समीक्षा बाँस्कोटा, सागर ढकाल, डा. आनन्दबहादुर चन्द, सुशान्त वैदिक, रिमा विश्वकर्मा, डा. धनञ्जय रेग्मी, श्रीराम न्यौपाने, डा. राम लामा, गजला शमिम मिकरानी, पुनम अग्रवाल, रत्ना थापा, डा. सुजाता तामाङ, पुष्पाकुमारी चौधरी, अरविन्द शाह र रमेश सापकोटा रहेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)