सानिमा रिलायन्स लाइफको नाफामा सामान्य सुधार, बीमा शुल्क आर्जन २३ प्रतिशतले बढ्यो
arthasansar.com · Sun Nov 15 05:10:20 UTC 2026

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा १५ करोड २ लाख ८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। कम्पनीले गत आर्थिक वर्षको सोही अवधिमा १४ करोड ९६ लाख ८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।
कम्पनीले सार्वजनिक गरेको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीको खुद नाफा सामान्य बढेको हो। यस अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ११ रुपैयाँ ९८ पैसा पुगेको छ। गत वर्षको सोही अवधिमा यस्तो आम्दानी ११ रुपैयाँ ९३ पैसा थियो।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)