भारतमा अघिल्लो वर्षको तुलनामा ६६ प्रतिशत बढी विद्युतीय कार बिक्री, टाटा मोटर्सको हिस्सा बढी
corporatenepal.com · Sun Nov 15 04:51:15 UTC 2026

काठमाडौं । भारतमा विद्युतीय यात्रुवाहक सवारीसाधनको बिक्रीले नयाँ कीर्तिमान कायम गरेको छ। सन् २०२६ को सुरुवाती १० महिनाभन्दा केही बढी अवधिमै विद्युतीय कार, एसयूभी र एमपीभीको बिक्री तीन लाख युनिट नाघेको छ । भारतको सवारी दर्तासम्बन्धी तथ्याङ्कअनुसार जनवरी १ देखि नोभेम्बर ९ सम्म कुल तीन लाख चार हजार ७०१ युनिट विद्युतीय यात्रुवाहक सवारीसाधन बिक्री भएका छन् । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६६ प्रतिशत बढी हो ।
सन् २०२५ भर भारतमा एक लाख ९५ हजार ५७१ युनिट विद्युतीय यात्रुवाहक सवारी बिक्री भएका थिए। तर, सन् २०२६ को वर्ष सकिन करिब दुई महिना बाँकी छँदै यस वर्षको बिक्रीले गत वर्षको कुल आँकडालाई ५६ प्रतिशतले उछिनेको छ। भारतमा विद्युतीय सवारीको माग बढ्दै गएको पछिल्लो तथ्याङ्कले देखाउँछ। सन् २०२६ को जुनदेखि मासिक बिक्री ३० हजार युनिटभन्दा माथि पुगेको थियो। त्यसयता लगातार पाँच महिनासम्म यो स्तर कायम रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)