मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

आज पनि घट्यो सुनको भाउ

himalpress.com · Sun Nov 15 05:17:45 UTC 2026

काठमाडौँ- सुनचाँदीको भाउ घटेको छ। शुक्रबार प्रतितोला १२ हजार ६ सय रूपैयाँ घटेको सुनको भाउ यसदिन भने तोलामा एक हजार पाँच सय रूपैयाँ घटेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ७० हजार दुई सय रूपैयाँमा किनबेच भइरहेको छ।

शुक्रबार सुन प्रतितोला दुई लाख ७१ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो। आइतबार चाँदीको मूल्य पनि घटेको छ। शुक्रबार प्रतितोला तीन हजार सात सय रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा तीन हजार ६ सय रूपैयाँमा किनबेच भइरहेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)