तीन किलो थाई गाँजासहित भारतीय नागरिक विमानस्थलबाट पक्राउ
annapurnapost.com · Sun Nov 15 05:27:22 UTC 2026

काठमाडौं : भारतको दिल्लीबाट नेपाल आएका एक भारतीय नागरिक ३.५ किलोग्राम थाई गाँजासहित पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्युरोका अनुसार भारतको उत्तर प्रदेशका २२ वर्षीय सलमानलाई शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको हो।
विमानस्थलमा शंकास्पद यात्रुको निगरानी गर्ने क्रममा प्रहरीले जाँच गर्दा उनले बोकेको झोलाभित्र प्लास्टिकको प्याकेटमा लुकाएर राखेको ३.५ किलोग्राम थाई गाँजा फेला परेको ब्युरोले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)