आस्था र प्रकृतिको अनौठो संगम: हर्षोल्लासपूर्वक मनाइँदैछ छठ पर्व
reportersnepal.com · Sun Nov 15 05:26:28 UTC 2026

काठमाडौँ: सूर्य उपासनाको महान् पर्व ‘छठ’ आज देशभरका खोला, नदी तथा जलाशय किनारमा उल्लासपूर्वक मनाइँदै छ। चार दिनसम्म विधिपूर्वक मनाइने यस पर्वको मुख्य दिन आज व्रतालुहरूले नदी वा पोखरीको चिसो पानीमा उभिएर अस्ताउँदो सूर्यलाई श्रद्धापूर्वक अर्घ्य अर्पण गर्दैछन् । बिहानैदेखि देशैभरका नदी किनार तथा जलाशयहरूमा भक्तजनको भीड लागेको छ।
तराई-मधेसका प्रमुख स्थलहरूमा विशेष चहलपहल देखिएको छ। विशेषगरी प्रसिद्ध धार्मिक तथा सांस्कृतिक सहर जनकपुरको गंगासागर घाटमा घाटहरूलाई आकर्षक ढङ्गले सिँगारेर भव्य रूपमा यो पर्व मनाइएको छ। जताततै भक्तिभावले ओतप्रोत भक्तजनको उपस्थिति र झिलिमिलीले वातावरणलाई पूर्ण रूपमा छठमय बनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)