छठका लागि गुह्येश्वरीदेखि घडिअर्वा घाटसम्म सिँगारिए दुलहीझैँ
hamrakura.com · Sun Nov 15 00:00:00 UTC 2026

काठमाडौँ। अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिई छठ पर्व मनाउन राजधानीको गुह्येश्वरी गौरीघाट वाग्मती किनारलाई आकर्षक रूपमा सजाइएको छ। छठ पर्वको मुख्य दिन आज बेलुकी अस्ताउँदो र भोलि (सोमबार) बिहान उदाउँदो सूर्यलाई पूजाआराधनासहित अर्घ्य दिन राजधानीको मुख्य छठ घाटलाई दुलहीझैँ सिँगारिएको हो।
छठ पूजा समिति, गुह्येश्वरीका अध्यक्ष अनिल सिंहका अनुसार छठ घाट एवं छठी माताको मूर्ति सजावटलगायत सम्पूर्ण तयारी पूरा भइसकेको छ। गुह्येश्वरी गौरीघाट क्षेत्रमा यस वर्ष ६०० भन्दा बढी छठ घाट निर्माण गरिएको छ भने विगत वर्षको तुलनामा व्रतालुहरूको सङ्ख्यासमेत उल्लेख्य रूपमा बढेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)