होर्मुज जलमार्गबाट रासायनिक मल ढुवानी खुलाउन अमेरिका र इरानलाई राष्ट्रसंघको आग्रह
nepalsamaya.com · Sun Nov 15 05:49:00 UTC 2026

काठमाडौं- संयुक्त राष्ट्रसंघले होर्मुज जलमार्ग बाट रासायनिक मल ढुवानी तत्काल खुलाउन अमेरिका र इरानलाई आग्रह गरेको छ। मल आपूर्तिमा अवरोध हुँदा विश्व बजारमा मूल्य बढेको र कृषि उत्पादन प्रभावित हुन सक्ने भन्दै संयुक्त राष्ट्रसंघीय परियोजना सेवा कार्यालय (यूएनओपीएस) का कार्यकारी निर्देशक जर्ज मोरेरा डा सिल्भाले दुवै देशलाई मल बोकेका जहाज आवागमनको अनुमति दिन आग्रह गरेका हुन्।
शनिबार उनले मल आपूर्ति अवरुद्ध हुँदा विशेषगरी खाद्य संकटको जोखिममा रहेका कमजोर तथा विकासशील देशहरू बढी प्रभावित भएको बताए। फेब्रुअरी २८ मा अमेरिका–इजरायल र इरानबीच युद्ध सुरु भएयता विश्व बजारमा रासायनिक मलको मूल्य करिब ३० प्रतिशतले बढेको उनको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)