मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

छठका लागि सजाइयो कमलपोखरी  [तस्बिरहरू]

hamrakura.com · Sun Nov 15 00:00:00 UTC 2026

काठमाडौँ । छठ पर्वको अवसरमा काठमाडौंको कमलपोखरीलाई झिलिमिली बत्ती तथा आकर्षक सजावटले सिँगारिएको छ। छठ पर्वको अवसरमा कमलपोखरी परिसरमा रंगीचंगी बत्ती जडान गरी सजावट गरिएको छ। पर्वलाई उल्लासमय बनाउन तथा श्रद्धालु भक्तजनलाई आकर्षित गर्न पोखरी परिसरलाई झकिझकाउ बनाइएको हो।

छठ पर्वमा व्रतालुहरूले अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिएर पूजा गर्ने परम्परा छ। सूर्यदेव र छठी माताको उपासना गरी मनाइने यस पर्वमा श्रद्धालुहरूले सन्तानको सुख, परिवारको समृद्धि तथा मनोकामना पूरा हुने विश्वासका साथ व्रत बस्ने गर्छन्।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)