प्रधानमन्त्री बालेनको मैथिलीमा सन्देश : छैठके बहुत रास शुभकामना !
arthasansar.com · Sun Nov 15 05:58:06 UTC 2026

प्रधानमन्त्री बालेन शाहले छठ पर्वले हामी सबैमा सकारात्मक ऊर्जा भर्दै देशमा सुशासन, सामाजिक न्याय र समृद्धिको संकल्प पूरा गर्ने प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका छन् । छठ पर्वको अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री शाहले सरकार सबै धर्म, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्न प्रतिबद्ध रहेको बताए ।
शुभकामना सन्देशमा उनले भनेका छन् ‘सरकार सबै धर्म, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्न प्रतिबद्ध छ। छठ पर्वले हामी सबैमा सकारात्मक ऊर्जा भर्दै देशमा सुशासन, सामाजिक न्याय र समृद्धिको संकल्प पूरा गर्ने प्रेरणा प्रदान गरोस् । भगवान् सूर्यदेव र छठी माताको कृपा हामी सबैमाथि सधैँ बनिरहोस् ।’
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)