मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इरानविरुद्ध एकजुट हुन नेतान्याहुको प्रस्ताव

arthasansar.com · Sun Nov 15 05:46:00 UTC 2026

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानको आणविक कार्यक्रमबाट उत्पन्न हुन सक्ने खतराको सामना गर्न राष्ट्रिय एकता सरकार गठन गर्न पुनः आह्वान गरेका छन् । शनिबार पूर्वरेकर्ड गरिएको सम्बोधनमार्फत उनले इरानले आफ्नो आणविक कार्यक्रम पुनः सक्रिय बनाउन खोजिरहेको आरोप लगाउँदै इजरायलको सुरक्षाका लागि सबै राजनीतिक दलबीच सहकार्य आवश्यक रहेको बताए । नेतान्याहुले नयाँ सरकार गठनको जिम्मेवारी पाएका आफ्ना राजनीतिक प्रतिद्वन्द्वी गाडी आइसेनकोटलाई कुनै पूर्वसर्त नराखी गठबन्धन निर्माणका लागि वार्ता सुरु गर्न आग्रह गरेका छन् ।

“इजरायलको विनाश चाहने इरानी शासनले पुनः आफ्नो आणविक कार्यक्रम अघि बढाउन काम गरिरहेको छ । यस अस्तित्वगत खतरालाई सदाका लागि अन्त्य गर्नुपर्छ,” उनले सम्बोधनका क्रममा भने । राष्ट्रिय एकता सरकार गठन भए इजरायलको सुरक्षा आगामी वर्षसम्म सुनिश्चित गर्न सकिने र क्षेत्रीय शान्ति सम्झौतालाई थप विस्तार गर्न मद्दत पुग्ने नेतान्याहुको भनाइ छ ।

स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)