मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

एसियन लाइफ इन्स्योरेन्सको खुद नाफामा सुधार, जीवन बिमा कोष ५४ अर्ब ४९ करोड नाघ्यो

clickmandu.com · Sun Nov 15 06:06:09 UTC 2026

काठमाडौं । एसियन लाइफ इन्स्योरेन्सको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा अधिकांश सूचकमा सुधार गरेको छ । सार्वजनिक विवरणअनुसार कम्पनीको खुद नाफा, बिमाशुल्क आर्जन र जीवन बिमा कोष लगायतका प्रमुख वित्तीय सूचकहरूमा सकारात्मक वृद्धि देखिएको छ ।

चालु आर्थिक वर्षको पहिलो ३ महिनामा कम्पनीले १६ करोड १३ लाख ४५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.७९ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीको खुद नाफा १५ करोड २५ लाख १३ हजार रुपैयाँ रहेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)