मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

नेपाली बजारमा सुनको मूल्य घट्यो, कतिमा हुदैंछ कारेबार ?

bishowkhabar.com · Sun Nov 15 06:03:56 UTC 2026

काठमाडौं – नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला १ हजार ५०० रुपैयाँले घटेको हो । महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला २ लाख ७० हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ७१ हजार ७०० रुपैयाँ थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १०० रुपैयाँले घटेको छ । शुक्रबार प्रतितोला ३ हजार ७०० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार ३ हजार ६०० रुपैयाँमा झरेको महासंघले जनाएको छ । महासंघका अनुसार आइतबार १० ग्राम सुनको मूल्य २ लाख ३१ हजार ६५० रुपैयाँ कायम भएको छ । त्यसैगरी, १० ग्राम चाँदीको मूल्य ३ हजार ८७ रुपैयाँ निर्धारण गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)