नेपाल एसबीआई बैंकका सेयरधनीलाई ८.२५ प्रतिशत लाभांश, यस्तो छ बाँडफाँट
arthadabali.com · Sun Nov 15 06:05:36 UTC 2026

नेपाल एसबीआई बैंक लिमिटेडले सेयरधनीलाई ८.२५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको सञ्चालक समितिको ५५२औँ बैठकले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ८.२५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांशमध्ये ३.४० प्रतिशत बोनस सेयर र ४.८५ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत) रहेको छ । बैंकको हाल कायम चुक्ता पुँजी ११ अर्ब ३३ करोड ५१ लाख २४ हजार ३२० रुपैयाँ ७२ पैसा रहेको छ । उक्त लाभांश वितरणका लागि बैंकले आगामी ३३औँ वार्षिक साधारणसभामा प्रस्ताव पेस गर्ने र स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष पेस गर्ने निर्णय गरेको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)