मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

​छठले हामीलाई जीवनको एक गहिरो दर्शन सिकाउँछ : प्रधानमन्त्री

himalpress.com · Sun Nov 15 06:12:42 UTC 2026

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ ले ​छठले हामीलाई जीवनको गहिरो दर्शन सिकाउने बताएका छन्। छठ पर्वको अवसरमा एक शुभकामना सन्देश जारी गर्दै उनले भनेका छन्, ‘​छठले हामीलाई जीवनको एक गहिरो दर्शन सिकाउँछ। जहाँ उदाउँदो सूर्यलाई झैँ अस्ताउँदो सूर्यलाई पनि उत्तिकै श्रद्धा र सम्मानका साथ अर्घ्य दिइन्छ। यसले प्रकृतिप्रतिको कृतज्ञता र जीवनका हरेक अवस्थालाई सम्मान गर्ने प्रेरणा दिन्छ।’

सन्देशमा लेखिएको छ,’चार दिनसम्म विधिपूर्वक मनाइने यस पर्वको पहिलो दिन नहाय-खाय, दोस्रो दिन खरना, तेस्रो दिन अर्थात् आज साँझ अस्ताउँदो सूर्यलाई र चौथो दिन बिहान उदाउँदो सूर्यलाई जलाशयको किनारमा अर्घ्य दिने गरिन्छ। ​सरकार सबै धर्म, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्न प्रतिबद्ध छ। छठ पर्वले हामी सबैमा सकारात्मक ऊर्जा भर्दै देशमा सुशासन, सामाजिक न्याय र समृद्धिको संकल्प पूरा गर्ने प्रेरणा प्रदान गरोस्।भगवान् सूर्यदेव र छठी माताको कृपा हामी सबैमाथि सधैँ बनिरहोस्।’

स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)