हिमालयन डिष्टिलरीले बनाउँदै ६० हजार वर्गफिटको नयाँ बोतलिङ हल, सिंगल माल्ट ह्विस्की पनि उत्पादन गर्ने, नाफा १३८ प्रतिशत बढ्यो
aarthiknews.com

काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा २१ करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३८ प्रतिशत बढी हो । गत वर्षको पहिलो त्रैमासमा कम्पनीले ९ करोड २ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
कम्पनीको सञ्चालन आम्दानी बढेसँगै नाफामा उल्लेख्य सुधार आएको हो । गत वर्ष पहिलो त्रैमासमा १ अर्ब ७ करोड रुपैयाँ रहेको सञ्चालन आम्दानी यस वर्ष बढेर १ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ । कम्पनीको वित्तीय खर्च भने १२ लाख १५ हजार रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी ९ रुपैयाँ ७९ पैसाबाट बढेर २३ रुपैयाँ ३२ पैसा पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ ४९ पैसा छ ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)