अपर तामाकोशीको विद्युत बिक्रीबाट ३ अर्ब ९४ करोड आम्दानी, घटायो दीर्घकालीन ऋणको ब्याजदर
aarthiknews.com

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको नाफा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा सामान्य घटेको छ । कम्पनीले तीन महिनामा १ अर्ब ६५ करोड ५९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब २ प्रतिशत कम हो । गत वर्षको पहिलो त्रैमासमा कम्पनीले १ अर्ब ६७ करोड ४६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी भने बढेको छ । गत वर्ष पहिलो त्रैमासमा ३ अर्ब ८५ करोड रुपैयाँ रहेको विद्युत बिक्री आम्दानी यस वर्ष बढेर ३ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ । तर, वित्तीय खर्च बढ्दा आम्दानीमा भएको वृद्धिअनुसार नाफा बढ्न सकेन । कम्पनीको वित्तीय खर्च गत वर्षको १ अर्ब ४ करोड रुपैयाँबाट बढेर १ अर्ब १४ करोड रुपैयाँ पुगेको छ । यही खर्च वृद्धिका कारण नाफामा सामान्य गिरावट आएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)