१५ वर्ष साउदीमा बिताएका गुरुङ स्वदेश फर्किएर बङ्गुरपालनमा रमाउँदै, पाठापाठी बेचेरै राम्रो आम्दानी
aarthiknews.com

नवलपुर । करिब १५ वर्ष साउदी अरबमा वैदेशिक रोजगारी गरेर फर्किएका नवलपुरका एक किसान अहिले व्यावसायिक बङ्गुरपालनमा रमाइरहेका छन् । विदेशमा लामो समय श्रम र पसिना बगाएका मध्यविन्दु नगरपालिका–३, ब्रम्हस्थानका ५९ वर्षीय नन्दे गुरुङले स्वदेशमै व्यवसाय सुरु गरेर राम्रो आम्दानी गर्न थालेका हुन् ।
अरूको देशमा श्रम गर्नुभन्दा आफ्नै देशमा केही गर्नुपर्छ भन्ने सोचका साथ उनी आठ वर्षअघि साउदी अरबबाट नेपाल फर्किएका थिए । त्यसपछि विभिन्न व्यवसायमा हात हालेका गुरुङ अहिले बङ्गुरपालन र तरकारीखेतीलाई आम्दानीको मुख्य आधार बनाउँदै आएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)