मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इरानमा यात्रुवाहक बस दुर्घटना : मृतकको सङ्ख्या १० पुग्यो, १८ जना घाइते

bishowkhabar.com · Sun Nov 15 06:32:44 UTC 2026

काठमाडौं– इरानको पश्चिमी प्रान्त इलाममा शनिबार साँझ भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १० पुगेको छ भने १८ जना घाइते भएका छन् ।

अर्धसरकारी समाचार संस्था फार्सका अनुसार शनिबार स्थानीय समयअनुसार साँझ ७ः२५ बजे देहलोरान जिल्लाको दश्त-ए अब्बासबाट अब्दानान जिल्लाको मुर्मुरीतर्फ जाँदै गरेको बस दुर्घटनामा परेको थियो । बसमा देहलोरानस्थित एक पेट्रोलियम प्रशोधन कम्पनीका कर्मचारी सवार थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)