मुख्यमन्त्री शाही र मन्त्री मल्लको रहर, दरबन्दी नभएको अस्पताल भवन उद्घाटन !
baahrakhari.com · Sun Nov 15 06:36:21 UTC 2026

सुर्खेत । मुगुको मुगुम कार्मारोङ गाउँपालिका–६, रिउस बजारमा निर्मित १० शय्याको अस्पताल भवन उद्घाटन गर्न शनिबार (कात्तिक २८) कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाही र सामाजिक विकासमन्त्री जीतबहादुर मल्ल पुगे । तर, उनीहरू उद्घाटन गर्न पुगेको उक्त अस्पतालमा आवश्यक जनशक्तिको दरबन्दी स्वीकृत भएको छैन । भवन निर्माण र उपकरण व्यवस्थापनमा करोडौँ रुपैयाँ खर्चिए पनि नियमित स्वास्थ्य सेवा सञ्चालनको सुनिश्चितता हुन बाँकी छ ।
१० करोड २४ लाख ९३ हजार १६० रुपैयाँ खर्चेर निर्माण गरिएको उक्त भवनमा आवश्यक चिकित्सक तथा स्वास्थ्यकर्मीको दरबन्दी छैन । हाल प्रदेश सरकारबाट एक चिकित्सक मात्र खटाइएको छ । अरू स्वास्थ्यकर्मीको व्यवस्थापन गाउँपालिकाले करारमा गर्नुपर्ने अवस्था छ । त्यही भवन उद्घाटनका निम्ति मुख्यमन्त्री शाही र विभागीय मन्त्री मल्ल रिउस पुगेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)