मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

अहेब स्वास्थ्यकर्मीले बिरामीको परीक्षण र औषधि सिफारिस सम्बन्धमा यस्तो छ स्वास्थ्य व्यवसायी परिषद्को धारणा

swasthyakhabar.com · Sun Nov 15 06:30:36 UTC 2026

काठमाडौं- चितवनको माडीमा अहेब स्वास्थ्यकर्मीले बिरामीको परीक्षण र औषधि सिफारिस गर्न पाउने वा नपाउने विषयमा विवाद भइरहेका बेला नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले आफ्नो धारणा सार्वजनिक गरेको छ। परिषद्ले आफ्नो शैक्षिक योग्यता, पेसागत दर्ता र निर्धारित कार्यक्षेत्रभित्र रहेर अहेब स्वास्थ्यकर्मीले बिरामीको स्वास्थ्य परीक्षण, जाँच तथा आवश्यक स्वास्थ्य सेवा प्रदान गर्न सक्ने स्पष्ट पारेको छ।

परिषद्ले नेपाल स्वास्थ्य व्यवसायी परिषद् ऐन, २०५३, नियमावली, २०५६ तथा निर्धारित पेसागत आचारसंहिताअनुसार दर्ता भएका स्वास्थ्यकर्मीले आफ्नो शैक्षिक योग्यता र पेसागत दर्ताको सीमाभित्र रहेर स्वास्थ्य सेवा प्रदान गर्नुपर्ने व्यवस्था रहेको जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)