मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

छठ पर्वमा प्रधानमन्त्री साहको शुभकामना

hamrakura.com · Sun Nov 15 00:00:00 UTC 2026

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र साहले सरकार सबै धर्म, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्न प्रतिबद्ध रहेको स्पष्ट पारेका छन्। प्रकृति र आस्थाको महान् पर्व छठको पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नागरिकमा उनले शुभकामना व्यक्त गरेका छन्।

छठ पर्वले हामीलाई जीवनको एक गहिरो दर्शन सिकाउने उल्लेख गर्दै प्रधानमन्त्री साहले आफ्नो शुभकामना सन्देशमा भनेका छन्, “भगवान् सूर्यदेव र छठी माताको आराधनाका साथ परिवारको सुख, शान्ति, आरोग्य र सन्तानको दीर्घायुको कामना गर्दै यो पर्व मनाइन्छ। जहाँ उदाउँदो सूर्यलाई झैँ अस्ताउँदो सूर्यलाई पनि उत्तिकै श्रद्धा र सम्मानका साथ अर्घ्य दिइन्छ। यसले प्रकृतिप्रतिको कृतज्ञता र जीवनका हरेक अवस्थालाई सम्मान गर्ने प्रेरणा दिन्छ।”

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)