मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

होर्मुज जलमार्गबाट रासायनिक मल ढुवानी खुलाउन अमेरिका र इरानलाई राष्ट्रसंघको आग्रह

nepallive.com · Sun Nov 15 06:34:00 UTC 2026

काठमाडौं - संयुक्त राष्ट्रसंघले होर्मुज जलमार्ग बाट रासायनिक मल ढुवानी तत्काल खुलाउन अमेरिका र इरानलाई आग्रह गरेको छ । मल आपूर्तिमा अवरोध हुँदा विश्व बजारमा मूल्य बढेको र कृषि उत्पादन प्रभावित हुन सक्ने भन्दै संयुक्त राष्ट्रसंघीय परियोजना सेवा कार्यालय (यूएनओपीएस) का कार्यकारी निर्देशक जर्ज मोरेरा डा सिल्भाले दुवै देशलाई मल बोकेका जहाज आवागमनको अनुमति दिन आग्रह गरेका हुन् ।

शनिबार उनले मल आपूर्ति अवरुद्ध हुँदा विशेषगरी खाद्य संकटको जोखिममा रहेका कमजोर तथा विकासशील देशहरू बढी प्रभावित भएको बताए । फेब्रुअरी २८ मा अमेरिका–इजरायल र इरानबीच युद्ध सुरु भएयता विश्व बजारमा रासायनिक मलको मूल्य करिब ३० प्रतिशतले बढेको उनको भनाइ छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)