मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

प्राविधिक समस्याले अमेरिकाको हवाई सेवा अस्तव्यस्त

canadanepal.com · Sun Nov 15 06:49:12 UTC 2026

काठमाडौं - प्राविधिक समस्याका कारण अमेरिकामा शुक्रबार राष्ट्रव्यापी रूपमा हवाई उडान सेवा अवरुद्ध हुँदा हजारौँ यात्रु प्रभावित भएका छन् । चार घण्टाभन्दा बढी समयसम्म रोकिएको उडान सेवा शनिबार राति करिब ८ः१५ बजे (स्थानीय समय) देखि पुनः सञ्चालनमा आए पनि हवाई सेवा पूर्ण रूपमा नियमित हुन अझै केही समय लाग्ने अधिकारीहरूले बताएका छन् ।

अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए) का अनुसार उक्त समस्याका कारण शुक्रबार निर्धारित करिब १२ हजार उडान प्रभावित भएका थिए । त्यस्तै, शनिबारका लागि निर्धारित ४१ हजार उडानमध्ये करिब पाँच हजार उडान रद्द गरिएका थिए । पछिल्लो २५ वर्षयताकै सबैभन्दा लामो उडान अवरोधका कारण देशका विभिन्न विमानस्थलमा हजारौँ यात्रु अलपत्र परेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)