मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

जब भारतमै रहेको कार एट्लान्टिक महासागरभित्र हुइँकिएको भन्दै जरिवाना रसिद काटियो

lokaantar.com · Sun Nov 15 06:53:55 UTC 2026

भारतको यमुना एक्सप्रेसवेमा एउटा अनौठो घटना सार्वजनिक भएको छ । निर्धारित गति सीमाभन्दा प्रतिघण्टा १ किलोमिटर बढी गतिमा सवारी चलाएको भन्दै एक चालकलाई २ हजार भारतीय रुपैयाँ जरिवाना गरिएको छ । तर, जरिवानाको ई–चालानमा घटनास्थल भने यमुना एक्सप्रेसवे नभई एटलान्टिक महासागर देखाइएको छ ।

उक्त एक्सप्रेसवेमा सवारीसाधनको अधिकतम गति सीमा १०० किलोमिटर प्रतिघण्टा तोकिएको छ । तर, चालकले १०१ किलोमिटर प्रतिघण्टाको गतिमा कार चलाएको भन्दै स्वचालित ट्राफिक निगरानी प्रणालीले २ हजार रुपैयाँको ई–चालान जारी गरेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)