मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

पर्यटकको आकर्षण बन्दै नुवाकोटको सुइरे चौर, हिमशृङ्खलाको दृश्यावलोकनले लोभ्याउँछ पर्यटक (तस्वीरहरू)

nepalviews.com · Sun Nov 15 06:56:47 UTC 2026

नुवाकोट । नुवाकोटको शिवपुरी गाउँपालिका–७ स्थित सुइरे चौर आन्तरिक पर्यटकको आकर्षण बन्दै गएको छ । प्राकृतिक सौन्दर्य र हिमशृङ्खलाको दृश्यावलोकनका लागि यो क्षेत्र पर्यटकको रोजाइमा पर्न थालेको हो ।

मौसम सफा भएको समयमा सुइरे चौरबाट विभिन्न हिमशृङ्खलाको मनोरम दृश्य देख्न सकिन्छ । हरियाली र खुला भूभागले घेरिएको यस स्थानबाट एकै ठाउँमा बसेर हिमाली दृश्य अवलोकन गर्न सकिने भएकाले घुमफिरका लागि आउनेहरू आकर्षित हुने गरेका छन् । काठमाडौं उपत्यकाबाट नजिकै रहेको सुइरे चौर छोटो दूरीको घुमघामका लागि पनि उपयुक्त गन्तव्यका रूपमा परिचित हुँदै गएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)