प्यान लिने करदाता ८१ लाख ९५ हजार नाघे
hamrakura.com · Sun Nov 15 00:00:00 UTC 2026

काठमाडौँ। देशभर स्थायी लेखा नम्बर (प्यान) लिने करदाताको कुल सङ्ख्या ८१ लाख ९५ हजार नाघेको छ। आन्तरिक राजस्व विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको असोज मसान्तसम्मको तथ्याङ्कअनुसार व्यावसायिक, व्यक्तिगत तथा करकट्टी गर्ने निकायले लिएका प्यानसहित कुल करदाताको सङ्ख्या ८१ लाख ९५ हजार ४१४ पुगेको हो।
विभागको विवरणअनुसार गत आर्थिक वर्ष २०८२–८३ को असार मसान्तसम्म विभिन्न प्रकारका स्थायी लेखा नम्बर लिनेको कुल सङ्ख्या ७९ लाख १० हजार ८६४ रहेको थियो। चालु आर्थिक वर्षको असोज महिनामा मात्रै २ लाख ८४ हजार ५५० नयाँ प्यान दर्ता भएसँगै करदाताको दायरा उल्लेख्य रूपमा विस्तार भएको देखिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)