मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

ओकासियो-कोर्टेज को हुन् ? जसलाई डेमोक्रेटिक समाजवादीले अमेरिकी राष्ट्रपति उम्मेदवारमा प्रस्ताव गरेको छ

bishowkhabar.com · Sun Nov 15 07:10:10 UTC 2026

काठमाडौं– अमेरिकाको डेमोक्रेटिक सोसलिस्ट्स अफ अमेरिका (डीएसए) को न्यूयोर्क सिटी शाखाले अमेरिकी सांसद एलेक्जान्ड्रिया ओकासियो-कोर्टेजलाई सन् २०२८ मा हुने राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारी दिन आग्रह गर्ने प्रस्ताव पारित गरेको छ । यस कदमलाई आगामी राष्ट्रपतीय निर्वाचनमा डेमोक्रेटिक पार्टीको राजनीतिक दिशा कता जाने भन्ने संकेतका रूपमा हेरिएको छ ।

शनिबार सम्पन्न शाखाको सम्मेलनमा उक्त प्रस्तावको पक्षमा २९१ र विपक्षमा १२३ मत परेको थियो । यो निर्णय डीएसएको औपचारिक समर्थन भने होइन । तर यसले न्यूयोर्क सिटी शाखालाई ओकासियो-कोर्टेजको सम्भावित राष्ट्रपतीय उम्मेदवारीका लागि प्रोत्साहन गर्ने र त्यसको आधार तयार पार्ने जिम्मेवारी दिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)