मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

नेपाल टेलिकमको खुद मुनाफा ३७.३५ प्रतिशतले बढ्यो,अधिकांश सूचकमा सुधार

arthasansar.com · Sun Nov 15 06:56:12 UTC 2026

नेपाल टेलिकमले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार यस त्रैमासमा प्राकृतिक प्रकोपका कारण सेवामा केही असर परे पनि कम्पनीको खुद मुनाफामा उल्लेखनीय वृद्धि भएको छ। चालु आर्थिक वर्षको पहिलो तीन महिनामा कम्पनीले १ अर्ब ८२ करोड १ लाख रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद मुनाफा १ अर्ब ३२ करोड ५१ लाख रुपैयाँ रहेको थियो, जसको तुलनामा खुद मुनाफा ३७.३५ प्रतिशतले बढेको हो।

समीक्षा अवधिमा कम्पनीको कुल सञ्चालन आय ८ अर्ब ६७ करोड ८२ लाख रुपैयाँ रहेको छ, जुन गत वर्षको सोही अवधिको ८ अर्ब ६७ करोड ९५ लाख रुपैयाँको तुलनामा १२ लाख ६० हजार रुपैयाँ अर्थात् ०.०१ प्रतिशत ले सामान्य कमी हो। यद्यपि, अन्य हुने आम्दानीसहित कुल आय ९ अर्ब ४७ करोड ७६ लाख रुपैयाँ पुगेको छ, जुन गत वर्षको ९ अर्ब ४७ करोड १० लाख रुपैयाँको तुलनामा ६६ लाख ४६ हजार रुपैयाँले बढी हो। जीएसएम सेवातर्फको कार्य सञ्चालन राजस्वमा १० लाख १६ हजार रुपैयाँ र एफटीटीएच सेवातर्फ ४ करोड ४० लाख रुपैयाँले वृद्धि भएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)