मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

कुमारी बैंकको रेटिङ स्तरोन्नति : पुँजीकोष र नाफा बलियो, खराब कर्जा मुख्य चुनौती

clickmandu.com · Sun Nov 15 07:20:09 UTC 2026

काठमाडौं । क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपाल लिमिटेडले कुमारी बैंकको साख मूल्याङ्कन (क्रेडिट रेटिङ) स्तरोन्नति गरेको छ। अक्टोबर १५ मा सार्वजनिक प्रतिवेदनअनुसार इक्रा नेपालले बैंकको इस्युअर रेटिङलाई ‘डबल बी प्लस’ बाट एक तह सुधार गर्दै ‘ट्रिपल बी माइनस’ प्रदान गरेको हो।

बैंकको ६ अर्ब रुपैयाँ बराबरको ऋणपत्र (डिबेन्चर) को रेटिङलाई पनि ‘इक्रा एनपी एल डबल बी प्लस’ बाट स्तरोन्नति गरी ‘इक्रा एनपी एल ट्रिपल बी माइनस’ कायम गरिएको छ। यी ऋणपत्रमा सन् २०३० फेब्रुअरी १ मा परिपक्व हुने ३ अर्ब रुपैयाँको ‘१०.२५ प्रतिशत केबिएल डिबेन्चर २०८६’ र सन् २०३१ अप्रिल ८ मा परिपक्व हुने ३ अर्ब रुपैयाँकै ‘९.५ प्रतिशत एनसीसी डिबेन्चर २०८६’ रहेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)