चिनियाँ जासुसको प्रेम जालमा फसे एनभिडियाका सीईओ !
lokaantar.com · Sun Nov 15 07:15:25 UTC 2026

विश्वको अग्रणी प्रविधि तथा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) चिप निर्माता कम्पनी एनभिडियाका तत्कालीन मुख्य कार्यकारी अधिकृत (सीईओ) जेन्सेन ह्वाङ एक संदिग्ध चिनियाँ जासुसी अपरेसन वा 'हनीपोट'को निशानामा परेको खुलासा भएको छ। यस प्रकरणमा अमेरिकी गुप्तचर निकायहरूको दाबीलाई पुष्टि गर्दै जेन्सेन ह्वाङले नै ती चिनियाँ महिलासँगको व्यक्तिगत सम्बन्धलाई स्वीकार गरेपछि यो प्रकरणले विश्वभर थप चर्चा पाएको एनबीसी न्युजले खुलासा गरेको हो ।
गोप्य सूचना संकलन गर्न वा प्रभावमा पार्न प्रेम वा व्यक्तिगत सम्बन्धको जालो फिँजाउने गुप्तचर रणनीतिलाई 'हनीपोट' वा 'हनी ट्र्याप' भनिन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)