लगानी आकर्षित गर्ने सरकारको तयारी कति सार्थक होला ?
ajakoartha.com · Sun Nov 15 07:41:00 UTC 2026

काठमाडौं - कुनै पनि मुलुकको आर्थिक विकास र समृद्धी आफ्नै बलबुतामा मात्र संभव हुँदैन । आजको विश्व त झन अन्तरनिर्भरतामा चल्दै आएको छ । नेपाल त झनै वैदेशिक लगानी आवश्यक भएको मुलुक हो । तर लगानीको उपयुक्त वाताववरण नभएको भन्दै लगानीकर्ताहरु यहाँ लगान िगर्न हिच्किचाइरहेका छन् । भदौ २४ मा भएको विध्वंशपछि त नेपालमा काम गरिरहेका लगानीकर्ताहरु झन निराश भएका छन् । अहिले बनेको सरकार पनि त्यही आन्दोलनको पृष्ठभूमिमा बनेकोले नेपालमा लगानी आकर्षित गर्न पनि यहाी सकारको अहम भूमिका रहेको छ । सरकारले लगानीमैत्री वातावरण बनाउनको लागि एकैपटक ५९ वटा ऐन संशोधन गर्ने तयारी गरेको छ । यसलाई सकारात्मक रुपमा नै लिनुपर्दछ । सरकारले पूर्वाधार परियोजनामा स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्ने उद्देश्यसहित नेपाल पूर्वाधार सम्मेलन २०२६ आगामी मंसिर २३ र २४ गते काठमाडौंमा गर्दै छ ।
यो सम्मेलनप्रति सरोकारवालाहरुको गम्भीरतापूर्वक ध्यान केन्द्रित भएको छ । भूकम्प, कोरोना, जेनजि आन्दोलन र भोटेकोशी बाढीले शिथिल बनेको अर्थतन्त्रलाई चलायमान बनाउन यो सम्मेलनले एउटा अनुकूल वातावरण निर्माण गर्ने अपेक्षा गरिएको छ । यद्यपी नेपालमा विगतमा पनि सार्वजनिक–निजी साझेदारीमा आयोजना हुँदै आएको थियो । यसपटक आयोजना हुने सम्मेलनमा नेपाल सरकारले कानुनी दृष्टिकोणबाट नेपालमा लगानी गर्न स्वदेशी तथा विदेशी लगानीकर्ताका लागि उपयुक्त वातावरण निर्माण भएको देखाउने गरी तयारी गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)