मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रावणका दश शिरदेखि लुसिफरको पतनसम्मः नेपालको राजनीतिमा शक्ति र अहंकार

nepallive.com · Sun Nov 15 07:35:00 UTC 2026

इतिहासमा शक्ति प्राप्त गर्नु एउटा उपलब्धि हो, तर त्यो शक्तिको प्रयोग कसरी गरिन्छ भन्ने कुराले नेतृत्वको वास्तविक चरित्र निर्धारण गर्छ। संसारका धार्मिक, पौराणिक र ऐतिहासिक कथाहरूमा शक्तिशाली पात्रहरूको उदय र पतनका अनेक प्रसङ्ग भेटिन्छन्। तीमध्ये लुसिफरको कथा एउटा रोचक उदाहरण हो।

इसाई धार्मिक मान्यताअनुसार लुसिफर स्वर्गका अत्यन्त सुन्दर, तेजस्वी र शक्तिशाली देवदूत थिए। ल्याटिन भाषामा लुसिफरको अर्थ प्रकाश बोकेर हिँड्ने वा उज्यालो ल्याउने भन्ने हुन्छ। तर, आफ्नो शक्ति र सुन्दरताप्रति बढ्दै गएको घमण्डले उनलाई ईश्वरकै बराबरीमा पुग्ने महत्त्वाकाङ्क्षातर्फ डोर्‍यायो। धार्मिक परम्पराअनुसार उनले विद्रोह गरे, पराजित भए र स्वर्गबाट निष्कासित भए। यसरी प्रकाशको प्रतीक मानिएको पात्र अन्धकारको प्रतीक बन्न पुग्यो।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)