प्राविधिक समस्याले अमेरिकामा २५ वर्षयताकै सबैभन्दा लामो उडान रोकावट, शनिबार पाँच हजार उडान रद्द
bishowkhabar.com · Sun Nov 15 07:48:22 UTC 2026

काठमाडौं– अमेरिकामा प्राविधिक समस्याका कारण शुक्रबार राष्ट्रव्यापी रूपमा हवाई उडान रोकिएपछि हजारौँ यात्रु प्रभावित भएका छन् । चार घण्टाभन्दा बढी समयसम्म जारी उडान रोक शनिबार राति करिब ८ः१५ बजे (स्थानीय समय) अन्त्य भएपछि केही आन्तरिक उडान पुनः सञ्चालनमा आएका छन् । यद्यपि उडान सेवा पूर्ण रूपमा सामान्य हुन अझै समय लाग्ने अधिकारीहरूले बताएका छन् ।
अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए) का अनुसार शुक्रबारको अवरोधका कारण निर्धारित उडानमध्ये करिब १२ हजार उडान सञ्चालन हुन सकेनन् । शनिबारका लागि निर्धारित ४१ हजार उडानमध्ये करिब पाँच हजार उडान रद्द गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)