मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

स्पेसएक्सको १५औँ परीक्षण उडान सफल, प्रक्षेपणस्थलमा पहिलोपटक सुरक्षित अवतरण

ratopati.com · Sun Nov 15 07:48:37 UTC 2026

अमेरिका । अमेरिकी अन्तरिक्ष कम्पनी स्पेसएक्सले आफ्नो विशाल अन्तरिक्षयान स्टारसिपको १५औँ परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको छ । परीक्षणका क्रममा अन्तरिक्षबाट फर्किएको स्टारसिप पहिलो पटक प्रक्षेपण टावरको विशेष संरचनाको सहायताले सुरक्षित रूपमा अवतरण गरेको छ ।

शुक्रबार दिउँसो अमेरिकाको टेक्सासस्थित स्पेसएक्सको स्टारबेस केन्द्रबाट उडान भरेको स्टारसिप शनिबार स्थानीय समयअनुसार दिउँसो करिब ३ः २० बजे पुनः प्रक्षेपणस्थलमा फर्किएको थियो । करिब २२ घण्टा ३० मिनेट अन्तरिक्षमा बिताएपछि यान सुरक्षित रूपमा अवतरण भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)