मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

स्वास्थ्य बीमा नवीकरण गर्न परिवारका सबै सदस्यको केवाईसी अनिवार्य

gorkhapatraonline.com · Sun Nov 15 07:51:34 UTC 2026

स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा नवीकरण गर्नुअघि परिवारका सबै सदस्यको व्यक्तिगत विवरण (केवाईसी) अद्यावधिक गर्नुपर्ने व्यवस्था गरेको छ । बोर्डले नयाँ व्यवस्था लागू गर्दै स्वास्थ्य बीमामा आबद्ध परिवारका प्रत्येक सदस्यको केवाईसी विवरण अद्यावधिक गरेपछि मात्र बीमा नवीकरण गर्न सकिने व्यवस्था गरेको हो ।

बोर्डका अध्यक्ष डा. सुवास प्याकुरेलले अब स्वास्थ्य बीमा नवीकरण गर्न चाहने बीमितले बोर्डको आधिकारिक एचआईबी ई–पोर्टलमा प्रवेश गरी आफ्नो पुरानो बीमा विवरण हेर्नुपर्ने जानकारी दिनुभयो । त्यसपछि परिवारका सबै सदस्यको केवाईसी विवरण अद्यावधिक गरेर मात्र नवीकरण प्रक्रिया अघि बढाउन सकिने उहाँले बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)