कोप–३१ मा जलवायु वित्तका मुद्दा उठाएर अर्थमन्त्री वाग्ले स्वदेश फर्किए
aarthiknews.com

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा सहभागी भएर आइतबार स्वदेश फर्किएका छन् । टर्कीमा आयोजित सम्मेलनका क्रममा उनले जलवायु वित्तसँग सम्बन्धित करिब एक दर्जन उच्चस्तरीय कार्यक्रममा सहभागिता जनाएका छन् ।
अर्थमन्त्री वाग्लेले ४४ वटा अतिकम विकसित राष्ट्र (एलडीसी) का तर्फबाट जलवायु वित्तसम्बन्धी सातौँ द्विवार्षिक मन्त्रीस्तरीय संवादलाई सम्बोधन गरेका थिए । उनले सात वर्षअघि स्थापना भएको ‘जलवायु मुद्दाका लागि अर्थमन्त्रीहरूको गठबन्धन’मा नेपाललाई १०५औँ सदस्यका रूपमा सहभागी गराउँदै ‘उत्थानशीलताका लागि वित्तीय क्षमता’ (Fiscal Space for Resilience) सम्बन्धी नीतिगत अवधारणा पनि छलफलका लागि प्रस्तुत गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)