जेसुस डे मिगुएलको निधनले मलाई असीम पीडा दिएको छः गोलकिपर ओवोना
canadanepal.com · Sun Nov 15 07:53:19 UTC 2026
काठमाडौं - गत हप्ता 'टेनेरिफ' का फरवार्ड जेसुस डे मिगुएलको मृत्यु हुने गरी भएको घटनामा संलग्न एफसी एन्डोराका गोलकिपर जेसुस ओवोनालाई स्पेनिस फुटबल महासंघको अनुशासन समितिले शुक्रबार १२ खेलका लागि निलम्बन गरेको छ।
नोभेम्बर २ मा भएको दोस्रो डिभिजनको खेलका क्रममा, हावामा रहेको बल क्लियर गर्ने प्रयासमा मिडफिल्डसम्म दौडिएर पुगेका ओवोना डे मिगुएलसँग ठोक्किएका थिए। यस घटनाका कारण उनलाई मैदानबाट बाहिर (रातो कार्ड) पठाइएको थियो। ठक्कर लागेपछि ३० वर्षीय डे मिगुएललाई अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा राखिएकोमा ती स्पेनी फरवार्डको नोभेम्बर ३ मा निधन भयो।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)