मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

एआई प्रविधिमा लगानी बढाउने र सहकार्य सुदृढ गर्ने ईयूको तयारी

corporatenepal.com · Sun Nov 15 07:47:33 UTC 2026

डब्लिन । युरोपेली संघ (ईयू) का नेताहरूले कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको विकास, लगानी विस्तार तथा सदस्य राष्ट्रबीचको सहकार्यलाई थप प्रभावकारी बनाउँदै युरोपको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । साथै, युक्रेनमा जारी द्वन्द्वको शान्तिपूर्ण समाधानका लागि भइरहेका कूटनीतिक प्रयासलाई सहयोग पुर्‍याउने उद्देश्यले युरोपको प्रतिनिधित्व गर्ने संयुक्त वार्ता टोली गठन गर्ने सहमति गरेका छन् ।

आयरल्यान्डका प्रधानमन्त्री माइकल मार्टिनको आतिथ्यमा शुक्रबार डब्लिनमा सम्पन्न ईयू नेताहरूको अनौपचारिक बैठकमा एआई प्रविधिको विकास, आर्थिक प्रतिस्पर्धात्मकता तथा तीव्र गतिमा विकसित भइरहेको प्रविधिका सम्भावित जोखिमबारे विस्तृत छलफल भएको थियो । बैठकलाई ईयू नेताहरूबीच एआईसम्बन्धी विषयमा भएको पहिलो विस्तृत छलफलका रूपमा लिइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)