भाग्यले फेरि जुराएको भूमिका: सोनमको ‘जलाकी’ कथा
kalakarmi.com · Sun Nov 15 08:13:48 UTC 2026

काठमाडौं– समय र नियतिको खेल पनि कस्तो विचित्र ! सन् २०२५ को जुन महिनामा ढोरपाटनमा फिल्म ‘ऐरी’ को एक्सन दृश्य खिच्ने क्रममा भएको दुर्घटनामा कलाकार सोनम तोप्देनको देब्रे खुट्टा भाँचियो । जीवनकै पीडादायी क्षणमा उनलाई हेलिकप्टरबाट उद्धार गरी पोखरास्थित चरक मेमोरियल अस्पताल पुर्याइयो । चिकित्सकले कम्तीमा छ महिना पूर्ण आराम गर्न सल्लाह दिएपछि उनको हातबाट एउटा महत्त्वाकांक्षी प्रोजेक्ट फुत्कियो, त्यो थियो फिल्म ‘जलाकी’ ।
वैशाखीको साहारामा हिँडिरहँदा सोनमका लागि शारीरिक पीडाभन्दा ठूलो पीडा आफूले मन पराएको कथाबाट अलग हुनुपर्दाको थियो । तर, संयोग र आत्मबलले उनलाई पुनः त्यही फिल्मको मुख्य अभिनेताका रूपमा उभ्यायो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)